२०३ जनाको मृत्यु, ८५२० संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ८५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । जसमध्ये १ लाख ७ हजार ३३६ सक्रिय संक्रमित छन् ।
त्यस्तै, शुक्रबार कोरोना संक्रमणबाट २०३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ ।

शुक्रबार ६ हजार १३५ जना निको भए । हालसम्म ३ लाख २७ हजार ६५३ निको भएका छन् । निको हुने दर ७४.५ प्रतिशत छ ।

पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित थपिए ?

कमेन्ट गर्नुहोस्