राष्ट्रपति र प्रधानमन्त्रीले राज्यबिरूद्धको अपराध गरे, कारवाही अघि बढोस्ः भीमार्जुन आचार्य

काठमाडौं । संविधानविद भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले जानीजानी राज्यबिरूद्धको अपराध गरेको आरोप लगाएका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले जानीजानी राज्यबिरूद्धको अपराध गरेकोले तत्काल संसद्को विशेष अधिवेशन आव्हान गरि कारवाही अघि बढाउन माग गरेका छन् ।

उनले संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हुने दाबी गरेका छन् ।

उनले अगाडि भनेका छन्, ‘धिक्कार छ !…. अब पदको, संविधानको, लोकको कुनै आदर र कदर बाँकी रहेन ।’

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारी खनाल निवास डल्लुमा, भटवार्ता जारी

शुक्रबार शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन् ।

राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ भन्न लगाए पनि प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई निर्देशन दिएका थिए । त्यसपछि खिस्स हाँसेर राष्ट्रपतिले प्रधानमन्त्रीको आदेश पालना गर्दै शपथ अगाडि बढाएकी थिइन् । जसको अहिले सर्वत्र आलोचना भइरहेको छ ।

याे पनि पढ्नुस  पुस १२ मा प्रेस संगठनको राष्ट्रिय भेला, प्रमुख अतिथि प्रधानमन्त्री ओली

 

कमेन्ट गर्नुहोस्