बाँकेमा कोरोनाबाट थप ७ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना भारइसको महामारीबाट थप ७ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत मधुवन नगरपालिका ९ बर्दियाका ७१ वर्षीय पुरुष, बढैयाताल १ बर्दियाका ५० वर्षीय पुरुष, रुन्टीगढी ३ रोल्पाका ३५ वर्षीय पुरुष र बढैयाताल २ बर्दियाका ८७ वर्षीय पुरुष रहेका छन् ।

याे पनि पढ्नुस  बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु

त्यस्तै नेपालगन्ज १९ बाँकेका ६० वर्षीय पुरुष र कोहलपुर १५ बाँकेका ६७ वर्षीय पुरुष तथा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत गौरीगंगा ४ कैलालीका ५२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

याे पनि पढ्नुस  अन्ततः झुक्याे सरकार: अब काेराेना परीक्षण र उपचार निशुल्क हुने

योसँगै कोरोनाबाट बाँकेका २३४ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १८३ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्