एमाले विवादः कार्यदलबारे टुङ्गो लगाउन ओली र नेपाल भेट्दै

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुँदैछ ।

ओली र नेपालबीच आइतबार दिउँसो १ बजेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भेटवार्ता हुने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

याे पनि पढ्नुस  संविधान संशोधन प्रस्ताव छिट्टै आउँछः प्रधानमन्त्री ओली

उनीहरूले एमाले विवाद समाधानका लागि गठन गर्ने भनिएको कार्यदलबारे टुङ्गो लगाउने बताइएको छ ।

यसअघि एमाले विवाद समाधानका लागि ओली र नेपालले छुट्टाछुट्टै तथा दुबै समूहका नेताहरूले छलफल गरेका थिए ।

कमेन्ट गर्नुहोस्