७३ जिल्लामा निषेधाज्ञा, अब ४ जिल्लामा मात्रै बाँकी (सूचीसहित)

काठमाडौं । कोरोना महामारी रोकथामका लागि हालसम्म ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विवरणअनुसार देशका ७७ जिल्लामध्ये निषेधाज्ञा जारी हुन अब जम्मा ४ जिल्ला मात्र बाँकी छन् । ती हुन् पूर्वीरुकुम, मनाङ, खोटाङ र तेह्रथुम ।

याे पनि पढ्नुस  यी हुन् निषेधाज्ञा जारी गरिएका ५२ जिल्ला (सूचीसहित)

यी जिल्लामा तुलनात्मक रूपमा संक्रमित कम देखिएकाले अहिलेसम्म निषेधाज्ञा जारी नगरिएको हो ।

अन्य ७३ जिल्लामा भने आंशिक तथा पूर्ण रूपमा निषेधाज्ञा लागू गरिएको छ ।

आंशिक तथा पूर्ण रूपमा निषेधाज्ञा लागू गरिएका जिल्लाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्ः

कमेन्ट गर्नुहोस्