ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता सुरू

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता सुरू भएको छ ।

ओली र नेपालबीच आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा एक्लाएक्लै भेटवार्ता सुरू भएको हो ।

उनीहरूले एमाले विवाद समाधानका लागि गठन गर्ने भनिएको कार्यदलबारे टुङ्गो लगाउने बताइएको छ ।

यसअघि एमाले विवाद समाधानका लागि ओली र नेपालले छुट्टाछुट्टै तथा दुबै समूहका नेताहरूले छलफल गरेका थिए ।

गत शुक्रबार ओली र नेपाल पक्षका नेताहरूको बैठकले कार्यदल बनाउने अधिकार अध्यक्ष ओली र नेता नेपाललाई दिएका थिए ।

नेता नेपालले २०७५ जेठ २ कै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्