पत्रकार कार्कीको निधनमा चौतारीद्वारा दुःख व्यक्त

काठमाडौं : प्रेस चौतारी नेपालले केन्द्रीय कमिटी सदस्य तथा नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३५ वर्षको अल्पायुमै असामयिक निधन भएकामा सङ्गठन स्तब्ध भएको जनाएको छ ।

कोरोना संक्रमणपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचाररत कार्कीको शनिबार साँझ ८ः०० बजे निधन भएको हो । झापाको साविक डोरामारी गाविस, हाल गौरादह नगरपालिका-४ डोरामारी निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौंमा रही पत्रकारितामा सक्रिय रहेको थिए।

याे पनि पढ्नुस  एक्कासि लडेका खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन

पेशाप्रति अत्यन्तै लगनशील कार्कीले च्यानल नेपाल टेलिभिजनको समाचार प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हालिसकेका थिए । हाल अनलाइन पत्रिका जनता टाइम्स डटकमको सम्पादक र सौर्य दैनिकका सहसम्पादक कार्कीलाई गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतले आज विज्ञप्ति जारी गरी अल्पायुमै भएको उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गरेका छन्।

याे पनि पढ्नुस  घाँटीमा खाना अड्किएपछि अस्पताल भर्ना भएका ताइवानका पूर्व राष्ट्रपति लीको निधन

कोरोना सङ्क्रमणको कारण अहिलेसम्म मुलुकभर गरी १४ जना पत्रकारले जीवन गुमाउनुपरेको छ । अध्यक्ष बस्नेतले जीवन गुमाउने सबै पत्रकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित सवै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै उनले महामारीको चपेटमा परेको यस अवस्थामा नागरिकलाई सूसुचित गराउने दायित्व निर्वाहमा लागिरहँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सङ्क्रमणबाट बच्न पनि आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्