प्रधानमन्त्री ओलीको शपथविरुद्ध सर्वोच्चमा ४ रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गराएका हुन् ।

रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश माग गरिएको छ ।

याे पनि पढ्नुस  कोरोनाको सम्भावित महामारीलाई बुझेर तयारी गरेका छौंः प्रधानमन्त्री ओली

शुक्रबार शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन् ।

सम्बन्धित समाचारः राष्ट्रपति र प्रधानमन्त्रीले राज्यबिरूद्धको अपराध गरे, कारवाही अघि बढोस्ः भीमार्जुन आचार्य

राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ भन्न लगाए पनि प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई निर्देशन दिएका थिए । त्यसपछि खिस्स हाँसेर राष्ट्रपतिले प्रधानमन्त्रीको आदेश पालना गर्दै शपथ अगाडि बढाएकी थिइन् । जसको अहिले सर्वत्र आलोचना भइरहेको छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीको उपचार पुरा हुन अझै एक साता लाग्ने

नेपालममा २०६५ साउन ८ गते पूर्वउपराष्ट्रपति परमानन्द झाले लिएको शपथ विवादमा तानिएको थियो । उक्त शपथ संविधानसम्मत नभएको भन्दै अदालतले बदर गरिदिएको थियो । ।

अमेरिकामा सन् २००८ मा पहिलोपटक राष्ट्रपति बनेका बराक ओबामाले भूलवश एउटा वाक्यांश यताउता पारेर पढेपछि दोहोर्याएर शपथ लिनुपरेको थियो ।

याे पनि पढ्नुस  बालुवाटारमा नेकपा सचिवालय बैठक शुरू, ओली पनि सहभागी

कमेन्ट गर्नुहोस्