कर्णालीका नवनियुक्त दुई मन्त्रीले लिए सपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्री गोपाल शर्मा र सीता नेपालीलाई सपथ खुवाएका हुन् ।

आइतबार राति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री र नेपालीलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

याे पनि पढ्नुस  कर्णाली विवादबारे प्रचण्ड र ओलीबीच छलफल हुँदै

आन्तरिक मामिलामन्त्री नेपाली र आर्थिक मामिलामन्त्री शर्माले आजै पदभार ग्रहण गरेका छन् । सामाजिक विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महेन्द्रबहादुर शाही आफैँले सम्हालेका छन् ।

कमेन्ट गर्नुहोस्