रुकुम पश्चिममा ढुङ्गा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रुकुम पश्चिम : रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ दुलिङ खोलामा सोमबार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ढुङ्गा बोकेर रा १ त ३८९५ नम्बरको ट्याक्टर बाँफिकोट गाउँपालिका ६ बाट जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  चौरजहारी घटनाः हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

दुर्घटनामा बाँफिकोट गाउँपालिका ६ का १६ वर्षीय आशिष केसीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल शाहीले बताए। दुर्घटनामा मुसिकोट नगरपालिका ७ का २५ वर्षीय चालक मनबहादुर विक र विजय अधिकारी घाइते भएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  रुकुम (पश्चिम) घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने

घाइते दुवैको स्थानीय कुसारी मेडिकल हलमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्