पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाईको निधन

काठमाडौं ।  पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाई तथा नेपाली सेनाका पूर्वमेजर हरिबहादुर थापाको हृदयघातबाट निधन भएको छ ।

थापाको ८८ वर्षको उमेरमा काठमाडौंको मालिगाउँमा निधन भएको हो । थापा पूर्व भुतपूर्व सैनिक संघका उपाध्यक्षसमेत थिए ।

पूर्व लप्टन टेकबहादुर थापा तथा आमा मनकुमारी थापाका छोरा हरिबहादुर धनकुटाको मुघामा जन्मिएका थिए ।

याे पनि पढ्नुस  अन्नपूर्ण पोस्टका प्रधानसम्पादक थापाद्वारा पदबाट राजीनामा

उनका तीन छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्यष्टि गरिएको छ ।

कमेन्ट गर्नुहोस्