कोरोनाबाट भक्तपुरमा दश र दाङमा ९ जनाको मृत्यु

भक्तपुर : कोभिड-१९ को सङ्क्रमणका कारण यहाँ आज एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिए ।

सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।

याे पनि पढ्नुस  लकडाउन हटेसँगै शुरू भयो मापसे जाँच

दाङमा भने कोरोनाबाट आज नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीनतीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृत्यु भएको कोारोना स्रोत व्यत्ति कमल चन्दले बताए ।

वडा सदस्यको निधन

तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । उनको आइतबार राति १२ बजे निधन भएको हो । उनी कमलपित्तबाट ग्रसित हुनुहुन्थ्यो ।

याे पनि पढ्नुस  सप्तरीमा उपचारको क्रममा ३ को मृत्यु, कोरोनाको आशंका

कमेन्ट गर्नुहोस्