भारतमा शक्तिशाली तुफान, कम्तीमा २५ को मृत्यु, लाखौं विस्थापित

एजेन्सी । भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् ।

महाराष्ट्र हुँदै गुजरातसम्म तुफानका कारण ठूलो धनजनको क्षति भएको छ । कोरोना संकट चुलिएको बला आएको तुफानका कारण राज्य सरकारहरुको सतर्कताका वावजूद पनि क्ष्ँति भएको हो ।

याे पनि पढ्नुस  अमेरिकामा तुफान, ८ जनाको मृत्यु, दुई करोड मानिस प्रभावित

सोमबार राती गुजरातको तटीय क्षेत्रमा पुगेको तुफानको गति १८५ किलोमिटर प्रतिघण्टा रहेको थियो ।

अरब सागरमा उठेको यो तुफानले मुम्बईमा ठूलो असर गरेको छ । त्यहाँबाट गुजरात गइरहका दुई डुंगा हराएका छन् । यसमा ४१० जना यात्री रहेका थिए । नौसेनाले खोजी कार्य जारी राखेको छ ।  मुम्बईमा मात्रै तुफानका कारण ६ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  अमेरिकामा तुफान, ८ जनाको मृत्यु, दुई करोड मानिस प्रभावित

कोभिड–१९ का कारण भारतीय अस्पतालहरू थेग्न नसक्ने अवस्थामा पुगेका बेला यो तुफान आएको हो ।

सोमवार अबेर भारतीय मौसम विभागले गुजरातमा उक्त तुफान बज्रिन लागेको बताएको थिया े।

कमेन्ट गर्नुहोस्