संविधानका स्तम्भ एकएक गरी ढल्दै, सरकारले नीति/कार्यक्रम कुनै हालतमा पास गर्न नसक्नेः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानका स्तम्भहरु एकएक गरेर ढल्दै गएको बताएका छन् ।

योसँगै भट्टराईले ओली सरकारले कुनै पनि हालतमा नीति कार्यक्रम र बजेट पास गर्न नसक्ने टिप्पणी गरेका छन् ।

मुलुक गम्भीर संकटमा फसेको बताउँदै भट्टराइले अन्त्यहीन राजनीतिक गतिरोध भएकाले बजेट पास गर्न नसक्ने जिकिर गरेका हुन ।

“ओली सरकारले नीति कार्यक्रम र बजेट पास गर्न सक्छः न वैकल्पिक सरकार बन्न” उनले भनेका छन् ।
भट्टराइले ट्विट गर्दै देश गम्भीर संकटमा फसेको उल्लेख गर्नुभएको छ । एकातिर कोरोना महामारी, अर्कोतिर अन्त्यहीन राजीनतिक गतिरोधले देशलाई थप संकटमा धकेलेको उहाँले बताउनुभयो ।

संविधानका स्तम्भ एकएक ढल्दै गएको, सबै पार्टी र दल निरिह भएको भट्टराइको भनाइ छ ।

 

कमेन्ट गर्नुहोस्