ठाकुर र यादवको संयुक्त व्यक्तव्यः आफैँ नेतृत्व गर्न पाए मात्रै सरकारमा जाने

काठमाडौं । विभाजनको डिलमा पुगेको जसपाका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् ।

मंगलवार संयुक्त वक्तव्य जारी गर्दै ठाकुर र यादवले पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका हुन् ।

वक्तव्यमा तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने उल्लेख छ । यो बाहेकको अवस्थामा सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने दुई नेताले बताएका छन् ।

याे पनि पढ्नुस  माओवादी र जसपासँग मिलेर १० दिनभित्र कांग्रेसको नेतृत्वमा सरकार: कोइराला

उनीहरु जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन सहमत भएका छन् ।

आठ बुँदामा विज्ञप्ति जारी गरेका उनीहरूले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्नेसमेत उल्लेख गरेका छन् ।

जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा मत बाझिएको थियो । ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षले विश्वासको मतको विपक्षमा मत दिएको थियो ।

याे पनि पढ्नुस  जसपा नेता अनौपचारिक छलफलमा, नयाँ सरकारबारे होला त निर्णय ?

 

कमेन्ट गर्नुहोस्