राष्ट्रिय सभा उपचुनावमा बादललाई सहयोग नगर्ने मुडमा नेपाल

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई कोटेश्वर पुगेर भेटेका छन् ।

राष्ट्रियसभा सदस्यको पदका लागि हुन लागेको चुनावमा सहयोग माग्न गृहमन्त्री थापा नेपाल निवास कोटेश्वर पुगेका हुन् । कोटेश्वर पुगेर नेता नेपालसँग बादलले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

याे पनि पढ्नुस  सीमा अतिक्रमणबारे छलफल गर्न विशेष दूतका रूपमा भारत जाँदै नेता नेपाल

तर, नेपालले बादललाई कुनै जवाफ दिएनन् । ‘बादलले मत माग्नुभएको थियो, तर नेता नेपाल मौन रहनुभयो’, नेपाल निकट स्रोतले भन्यो ।

उनका अनुसार नेपाल बादललाई भोट नदिने मुडमा छन् । नेता नेपालले अहिले बादललाई सहयोग गर्न नसकिने निष्कर्ष निकालेको स्रोतको दाबी छ ।

याे पनि पढ्नुस  कञ्चनपुर सीमा अतिक्रमणबारे संसदीय समितिले गर्‍यो गम्भीर निर्णय, गृहमन्त्रीले दिए निर्देशन

राष्ट्रियसभा सदस्यको रिक्त पदमा थापा बागमती प्रदेशबाट उम्मेदवार बनेका छन् । निर्वाचन बिहीबार हुँदैछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा एमाले नेपाल–खनाल समूहबाट खिमलाल देवकोटा उम्मेदवार छन् । एमालेको ओली समूहले भने थापालाई उम्मेदवार बनाएको छ ।

कमेन्ट गर्नुहोस्