आज ८२०३ जनामा कोरोना पुष्टि, १९६ संक्रमितको मृत्यु

६८९१ जना डिस्चार्ज

काठमाडौं । गत २४ घन्टामा नेपालमा थप ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २० हजार ९ सय ७९ नमूना परीक्षण गर्दा ८ हजार २ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

याे पनि पढ्नुस  बिहानै थपिए ७४ संक्रमित, कहाँ कति ?

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाबाट २० हजार २ सय ८६ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ८ हजार १ सय ३६ मा पोजेटिभ देखिएको र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा पोजेटिभ देखिएको थियो ।

याे पनि पढ्नुस  पत्रपत्रिकाः विश्वभरका दुईतिहाइ हवाईजहाज ग्राउन्डेड, पार्किङस्थलकै अभाव

गत २४ घण्टाको अवधिमा १९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या ५४११ पुगेको छ ।

देशभर ७५२ जना क्वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ६८९१ जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ३ लाख ५२ हजार ४ सय १४ कोरोनामुक्त भएका छन् ।

याे पनि पढ्नुस  कोरोनाका कारण डोल्पाको त्रिपुरासुन्दरीका मेयर बुढाको निधन

कमेन्ट गर्नुहोस्