काठमाडौं उपत्यकामा एकैदिन थपिए २६३५ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४९, भक्तपुरमा २२१ र ललितपुरमा ३६५ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, गत २४ घण्टामा देशभर १ सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  सप्तरीका कोरोना शंकास्पद ३७९ जनाको रिपोर्ट आयो

कमेन्ट गर्नुहोस्