यस्ता छन् एमाले कार्यदल बैठकका तीन निर्णय

बादल नै आधिकारिक उम्मेदवार

काठमाडौं । नेकपा एमालेले आपसमा असमझदारी र असहयोग बढ्ने कुनै पनि खालका गतिविधि र अभिव्यक्ति नदिन पार्टीपङ्क्तिलाई आवहन गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको कार्यदल बैठकले कुनै पनि असमझदारी र असहयोग बढ्ने कार्य नगर्न नेता तथा कार्यकर्तालाई आह्वान गरेको हो ।

याे पनि पढ्नुस  कारवाही फुकुवालगत्तै नेपाललाई ओलीको फोन, भने– भेटौं

एमालेका प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले कार्यदलले पार्टीले एकता र समझदारीलाई वृद्धि गर्न तथा एक आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने गतिविधि नगर्ने निर्णय गरिएको बताए ।

उहाँले पार्टीभित्र देखिएका समस्यालाई यथोचित रुपमा समाधान गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन पार्टीपङ्क्तिलाई सहयोग र सद्भाव लागि आवहन गर्ने निर्णय समेत गरिएकोे जानकारी दिए ।

याे पनि पढ्नुस  खनालको स्वास्थ्यका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

आजको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसहिंता तयारी गरी लागू गर्ने निर्णय समेत गरेको छ ।

थापा नै आधिकारिक उम्मेदवार

नेता ज्ञवालीले राष्ट्रियसभाको आशन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार भएका रामवहादुर थापा ‘बादल’ लाई पार्टीले मतदान गर्ने निर्णय समेत गरिएको जानकारी दिए ।

याे पनि पढ्नुस  कास्कीमा प्रमुख दललार्इ उम्मेरदवार छान्न सकस

कमेन्ट गर्नुहोस्