नेपालमा कोरोनाको थप नयाँ भेरिएन्ट पत्ता लाग्यो (विज्ञप्तिसहित)

काठमाडौं  : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप नयाँ भेरियन्ट पत्ता लागेको बताएको छ ।

देशका विभिन्न भागबाट कोभिड-१९ का संक्रमितहरुका ३५ वटा नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा भारतमा गरिएको जिन स्क्विन्सिङमा ९७ प्रतिशत (३४ वटा) मा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको हो ।

योसँगै नेपालमा परिवर्तित भाइरसहित ३ किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको थियो ।

नयाँ भेरियन्ट सबै उमेर समूहमा धेरै संक्रामक रहेको अध्ययनहरुबाट पाइएको डा. समिरकुमार अधिकारीद्वार जारी विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्