३ घण्टापछि फेरि गयो ४.८ रेक्टर स्केलको भूकम्प

काठमाडौं । नेपालमा आज दुईपटक भूकम्प गएको छ । पछिल्लो भूकम्प ८ बजेर २६ मिनेट जाँदा गएको हो । यसअघि बिहान ५ बजेर ४२ मिनेट जाँदा बिहान ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, ५.८ रेक्टर स्केलको थियो भने पछिल्लो ५.३ रेक्टर स्केलको रहेको छ ।

पछिल्लो भूकम्पको केन्द्रबिन्दु पनि लमजुङ नै रहेको  छ ।

अमेरिकी भूगर्भ सर्भे (युएसजिएस)ले भने पछिल्लो भूकम्प ४.८ स्केलको बताएको छ ।

भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए ।

भूकम्पको धक्का राजधानी काठमाडौंमा पनि आएको थियो ।

 

कमेन्ट गर्नुहोस्