सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु

काठमाडौं । सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर रहेको छन् ।

पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाका सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) मा आएको भीड नियन्त्रण गर्न सशस्त्र प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको हो ।

शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि उनलाई बुटवल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ ।

शुरूमा ५/७ जनाको समूहमा आएकालाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले अरु साथी ल्याएका थिए । स्थानीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीले जनाएको छ ।

भीडलाई नियन्त्रण गर्न अश्रु ग्याँस प्रहार गरिए पनि नियन्त्रणमा लिन नसकेपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दावी गरे ।

कमेन्ट गर्नुहोस्