लुम्बिनीका मुख्यमन्त्री पोखरेलको नियुक्तिविरुद्ध विपक्षी दलले रिट दायर गर्ने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्ति बदरको माग गर्दै विपक्षी दलहरुले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएका छन् ।

लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी चार दलीय गठबन्धनको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सामेल थिए ।

याे पनि पढ्नुस  नारायण पाण्डेले पनि छोडे एमाले, पोखरेललाई फेरि धक्का

प्रदेश प्रमुख धर्मराज यादवले गत वैशाख १९ गते पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनको नियुक्ति संविधानको मर्म र भावना प्रतिकुल रहेको विपक्षी चार दलको तर्क छ ।

प्रदेशसभामा तत्कालिन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरुको दावी छ ।

याे पनि पढ्नुस  लुम्बिनी प्रदेश सरकारका मन्त्री भन्छन्ः सरकार छिट्टै परिवर्तन हुन्छ

कमेन्ट गर्नुहोस्