कांग्रेस पदाधिकारी बैठक देउवा निवासमा जारी

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक जारी छ ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसिरहेको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमपछि कांग्रेसको आकस्मिक बैठक बोलाइएको थियो ।

याे पनि पढ्नुस  भारतका पूर्व प्रधानमन्त्री सिंह बिरामी, अस्पताल भर्ना

कांग्रेसले विज्ञप्ति जारी गरेर नेपालको संविधानको धारा ७६ को उपधारा (३) को प्रधानमन्त्रीले विश्वासको मतबाट अस्वीकृत हुने वा राजीनामा दिएको दुवै अवस्था नहुँदै धारा ७६ को उपधारा (५) को सरकार गठनका लागि प्रधानमन्त्रीले सिफारिस गर्नु र राष्ट्रपतिले आह्वान गर्नु दुवै असंवैधानिक भएको जनाइसकेको छ ।

कमेन्ट गर्नुहोस्