धेरै विकल्प छन्, एकछिनमा टुंगोमा पुग्छौंः प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै के गर्ने भन्ने विषयमा कुनै निर्णयमा आफूहरू नपुगेको बताएका छन् ।

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा भाग लिएर फर्केका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

‘छलफल चलिरहेको छ । विकल्प धेरै छ । विकल्पमाथि छलफल भइरहेको छ। सायद एकछिनपछि निर्णयमा पुग्छौं,’ प्रचण्डले भने ।

याे पनि पढ्नुस  देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, महत्वपूर्ण विषयमा छलफल

विपक्षी गठबन्धनको बैठक शुक्रबार अपराह्न तीन बजे फेरि बस्ने भएको छ ।

राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय आज अपरान्ह ५ बजे सकिँदैछ ।

 

कमेन्ट गर्नुहोस्