प्रधानमन्त्रीमा दाबी गर्न शितल निवास पुगे विपक्षी गठबन्धनका नेता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु शितलनिवास पुगेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र जसपा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु शितलनिवास गएका हुन् ।

त्यसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् । नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ ।

याे पनि पढ्नुस  देउवाले गठन गरे कांग्रेसमा थप ७ विभाग, प्रमुखमा को–को ?

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको थियो

यसअघि आज पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष ओलीले माधव नेपाल समूहले अनुशासनविहिन र अनैतिक काम गरेको आरोप लगाउँदै कार्वाही गर्ने घोषणा गरेका थिए । सरकार निर्माणका लागि भने उनले माधव समूह समेत आफ्नो समर्थनमा रहेको देखाएका छन् ।

याे पनि पढ्नुस  ढुंगाले लागेर कांग्रेस वडा सभापतिको मृत्यु

अध्यक्ष ओलीले पेश गरेको दावीमा माधव नेपाल पक्षका सांसदहरुको हस्ताक्षर नै प्रस्तुत गरिएको छ या पार्टीको संसदीय दलको नेता र अध्यक्षका हैसियतले नेकपा एमालेका १२१ सांसद भनिएको छ भन्ने कुरा भने स्प्ष्ट हुन सकेको छैन ।

नेपालको संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दावीका लागि भने पार्टी भन्दा पनि प्रतिनिधि सभाको कुनै सदस्यले बहुमत सिद्द गर्नसक्ने भरपर्दो आधार दिनुपर्ने हुन्छ । यो प्रावधान अनुसार, पार्टी भन्दा पनि एकल हस्ताक्षर नै निर्णायक हुनसक्ने देखिन्छ । त्यसो भएको खण्डमा ओलीको दावी पुग्ने आधार देखिँदैन ।

याे पनि पढ्नुस  सुनिल थापासहितका ३० नेता मङ्गलबार कांग्रेस प्रवेश गर्दै

 

कमेन्ट गर्नुहोस्