प्रधानमन्त्रीमा दाबी गर्न शितल निवास पुगे विपक्षी गठबन्धनका नेता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु शितलनिवास पुगेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र जसपा उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु शितलनिवास गएका हुन् ।

त्यसमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् । नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ ।

याे पनि पढ्नुस  कांग्रेस युवा नेता भन्छन्,-‘७० नाघ्नुभयो, विश्राम लिनुहोस्’

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको थियो

यसअघि आज पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष ओलीले माधव नेपाल समूहले अनुशासनविहिन र अनैतिक काम गरेको आरोप लगाउँदै कार्वाही गर्ने घोषणा गरेका थिए । सरकार निर्माणका लागि भने उनले माधव समूह समेत आफ्नो समर्थनमा रहेको देखाएका छन् ।

याे पनि पढ्नुस  सभापति देउवाको आरोपः ‘सरकारले न्यायालय र सञ्चार क्षेत्रको अधिकार खोस्यो’

अध्यक्ष ओलीले पेश गरेको दावीमा माधव नेपाल पक्षका सांसदहरुको हस्ताक्षर नै प्रस्तुत गरिएको छ या पार्टीको संसदीय दलको नेता र अध्यक्षका हैसियतले नेकपा एमालेका १२१ सांसद भनिएको छ भन्ने कुरा भने स्प्ष्ट हुन सकेको छैन ।

नेपालको संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्रीमा दावीका लागि भने पार्टी भन्दा पनि प्रतिनिधि सभाको कुनै सदस्यले बहुमत सिद्द गर्नसक्ने भरपर्दो आधार दिनुपर्ने हुन्छ । यो प्रावधान अनुसार, पार्टी भन्दा पनि एकल हस्ताक्षर नै निर्णायक हुनसक्ने देखिन्छ । त्यसो भएको खण्डमा ओलीको दावी पुग्ने आधार देखिँदैन ।

याे पनि पढ्नुस  संसद् विघटनविरुद्ध कांग्रेसले गर्‍यो देशभरका ६,७४३ वडाहरूमै विरोध प्रदर्शन

 

कमेन्ट गर्नुहोस्