‘भ्वाइस अफ नेपाल’ स्थगित

काठमाडौं । कोरोनाभाइरस संक्रमण बढेको भन्दै गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ को छायांकन स्थगित भएको छ ।

आयोजकले आज एक विज्ञप्ति जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रशारण नहुने जनाएको हो ।

‘कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो जहाँ छौं त्यहीँ नै सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका छौं’, विज्ञप्तीमा भनिएको छ, ‘यो साता कुनै पनि छायांकन र कार्यक्रम नगर्ने निर्णय गर्‍यौं।’

याे पनि पढ्नुस  भ्वाइस अफ नेपाल : आयोजकले अहिलेसम्म पुरस्कार नदिएको विजेता अधिकारीको गुनासो

परिस्थिति अनुकूल भए अर्को सातादेखि सो नियमित हुने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्