संसद् विघटनविरुद्ध सबै प्रकारका संघर्ष गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संसद् विघटनविरुद्ध सबै प्रकारको संघर्ष अगाडि बढाउने निर्णय गरेको छ ।

आज बसेको बैठकले उक्त निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले संसद् विघटनविरुद्ध सबै विपक्ष पार्टीसँग एकतावद्ध भएर अगाडि बढने बताए । साथै राजनीतिक र कानूनी लडाइँ लड्ने पनि श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  विघटनको मुद्दा अदालतमा नभएको भए ओलीलाई संसद् बोलाएर कारवाही गर्थ्यौः प्रचण्ड

कोरोना महामारीलाई मध्यनजर गर्दै तत्काल सडक संघर्ष भने नगरिने माओवादी केन्द्रले जनाएको छ ।

बैठकले प्रतिगमनका नायक राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई परास्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकले स्थानीय स्तरसम्म कोरोनासँग जुट्न कमिटी गठन गर्ने निर्णय गरेको श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरे देशवासीलाई सम्बोधन (पूर्णपाठसहित)

 

 

 

कमेन्ट गर्नुहोस्