६ युवा संगठनको एकै स्वर : राष्ट्रपतिलाई यथाशीघ्र कानुनी कठघरामा उभ्याइयोस्

काठमाडौं । विभिन्न युवा संघसंगठनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कानुनी कठघरामा उभ्याउन माग गरेका छन् । ले राष्ट्रपति भण्डारीले पटक-पटक संविधानको हत्या गरेको भन्दै उनीहरूले यस्तो माग गरेका हुन् ।

युवा संघसंगठनले अक्षम्य अपराधमा संलग्न राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त भइसकेपश्चात् कारबाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गरेका छन् ।

याे पनि पढ्नुस  राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच एक घण्टा छलफल

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष नरेश शाही, समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादव, अखिल नेपाल युवक संघका अध्यक्ष अलिनकिशोर घिमिरे र विवेकशील साझा युवा संगठनका अध्यक्ष अब्दुस मियाँले शनिबार संयुक्त विज्ञप्ति निकालेर ओलीले चाल्ने हरेक गैरसंवैधानिक र राष्ट्रघाती कदमको डटेर सामना गर्न आमनेपाली युवालाई आह्वान गरिएको छ ।

याे पनि पढ्नुस  राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना रिपोर्ट नेगेटिभ

‘युवाहरूले इतिहासको कालखण्डमा हरेक तानशाहहरूलाई घुँडा टेकाएका छन्, युवाहरूको संयुक्त संघर्षमार्फत हरेक मोर्चामा ओलीलाई परास्त गर्दै देशलाई पुनः संवैधानिक व्यवस्था र राजनीतिक स्थायित्वको अवस्थामा पुर्‍याउन हामीहरू सक्षम हुनेछौँ भन्ने सुनिश्चितता हामी आमजनसमुदायलाई व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्