चीनले अनुदानमा पठाएकाे ३० मेट्रिक टन लिक्विड अक्सिजन काठमाडौं आइपुग्यो, आवश्यकताअनुसार वितरण हुने

काठमाडौं । चीनले अनुदानमा पठाएकाे ३० मेट्रिक टन लिक्विड अक्सिजन तातोपानी नाका हुँदै काठमाडौं आइपुगेको छ ।

शनिबार साँझ तातोपानीबाट पाठएकाे ३० मेट्रिक टन लिक्विड अक्सिजन आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य विभागका जनस्वास्थय प्रशासक उपेन्द्र ढुंगानाले जानकारी दिए ।

ती अक्सिजन आवश्यकता अनुसार अस्पतालहरुमा पठाइने उनले बताए । ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी हुँदै काठमाडौं पठाएको हो ।

याे पनि पढ्नुस  अन्तराष्ट्रिय सिनियर सर्किटः चीनमा कमल थापाको विजयी सुरुवात

केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान सहयोगको घोषणा गरेसँगै यो स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो । लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने जानकारी दूतावासले दिएको छ।

लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरलगायत सामान पनि चीनले पठाउने तयारी गरेको छ ।

याे पनि पढ्नुस  सेल्फी स्पोर्ट बन्यो चीनमा काँचको अनौठो पुल, हेर्न आउँछन् विश्वका लाखौं पर्यटक (फोटोफिचर)

लिक्विड अक्सिजन अति संवेदनशील भएकाले दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं पठाइएको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

हिजो साँझ नै तातोपानीबाट हिडेका ती अक्सिजन लिक्विड अति संवेदनशील र हेभी भएकाले आज मात्रै काठमाडौं आइपुगेका हुन् ।

कमेन्ट गर्नुहोस्