चीनले अनुदानमा पठाएकाे ३० मेट्रिक टन लिक्विड अक्सिजन काठमाडौं आइपुग्यो, आवश्यकताअनुसार वितरण हुने

काठमाडौं । चीनले अनुदानमा पठाएकाे ३० मेट्रिक टन लिक्विड अक्सिजन तातोपानी नाका हुँदै काठमाडौं आइपुगेको छ ।

शनिबार साँझ तातोपानीबाट पाठएकाे ३० मेट्रिक टन लिक्विड अक्सिजन आज बिहान काठमाडौं आइपुगेको स्वास्थ्य विभागका जनस्वास्थय प्रशासक उपेन्द्र ढुंगानाले जानकारी दिए ।

ती अक्सिजन आवश्यकता अनुसार अस्पतालहरुमा पठाइने उनले बताए । ल्हासास्थित महावाणिज्य दूतावासले १५० सिलिन्डर लिक्विड अक्सिजन स्थलमार्गबाट तातोपानी हुँदै काठमाडौं पठाएको हो ।

याे पनि पढ्नुस  फूल दिने बहानामा सांसदमाथि चक्कु प्रहार (भिडियोसहित)

केही समयअघि तिब्बत सरकारले नेपाललाई स्वास्थ्य सामग्री अनुदान सहयोगको घोषणा गरेसँगै यो स्वास्थ्य सामग्री नेपाल भित्रिएको हो । लिक्विडले ४० लिटर क्षमताका ६ हजार सिलिन्डरमा अक्सिजन भर्न पुग्ने जानकारी दूतावासले दिएको छ।

लिक्विड अक्सिजनसहित अब छिट्टै २०० थान आइसियू, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटरलगायत सामान पनि चीनले पठाउने तयारी गरेको छ ।

याे पनि पढ्नुस  कोरोना संक्रमणः चीनमा ज्यान गुमाउनेको संख्या ९ सय नाघ्यो, एकै दिन ९७ जनाको मृत्यु

लिक्विड अक्सिजन अति संवेदनशील भएकाले दमकलसहितको प्रहरीले स्कर्टिङ गरी काठमाडौं पठाइएको तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

हिजो साँझ नै तातोपानीबाट हिडेका ती अक्सिजन लिक्विड अति संवेदनशील र हेभी भएकाले आज मात्रै काठमाडौं आइपुगेका हुन् ।

कमेन्ट गर्नुहोस्