एचआईडिसिएलले पायो हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)लाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ ।

कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न बोर्डले जेठ ९ गते आइतबार अनुमति दिएको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

याे पनि पढ्नुस  हरेक नेपाली एक हितग्राही खाता कार्यक्रम सञ्चालन गर्दै बोर्ड

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले चैत १२ गते बोर्डमा आवेदन दिएको थियो ।

कमेन्ट गर्नुहोस्