एचआईडिसिएलले पायो हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल)लाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ ।

कम्पनीलाई १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न बोर्डले जेठ ९ गते आइतबार अनुमति दिएको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

याे पनि पढ्नुस  भोलिदेखि शेयर बजार खुल्ने

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले चैत १२ गते बोर्डमा आवेदन दिएको थियो ।

कमेन्ट गर्नुहोस्