८ मन्त्रालयसहित सरकारमा जाने जसपा ठाकुर–महतो पक्षको तयारी

काठमाडौं । जसपाको अध्यक्ष महन्त ठाकुर र राजेन्द्र महतो पक्ष ८ मन्त्रालयसहित सरकारमा जाने तयारीमा छन् ।

जसपाको उक्त पक्षले ८ मन्त्रीसहित २ राज्य मन्त्रीको माग गरेको छ । तर, प्रधानमन्त्री केपी ओलीले ८ मन्त्रालयले लिन तयार छन् । यस विषयमा सकेसम्म सोमबार साँझसम्म, ढिलोमा बिहीबार वा शुक्रबार सहमति हुने र लगत्तै नयाँ मन्त्री नियुक्त हुने जसपा स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  राजेन्द्र महतोको अभिव्यक्तिविरुद्ध एमालेका १५ नेताको संयुक्त वक्तव्य

रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिरहेका छन् । नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त छ । ती मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राखेका छन् ।

प्रधानमन्त्री ओलीले जसपाका माग सम्बोधन गर्न संविधान संशोधनका लागि कार्यदल गठन गरेको, नागरिकता सम्बन्धि अध्यादेश जारी गरेको, मधेस आन्दोलनका मुद्दा फिर्ता भएको र सांसद् रेशम चौधरी छुट्ने तयारी भइरहेको भन्दै सरकरमा जाने जसपाले तयारी गरेको हो ।

याे पनि पढ्नुस  लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन राजेन्द्र महतो

जसपाको ठाकुर–महतो पक्ष सरकारमा जाने तयारी गरिरहेका बेला जसपाकै अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्यसरकारमा सहभागी भए निष्काशन गर्ने निर्णय गरेको गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्