१४६ सांसदको हस्ताक्षरसहित देउवा, प्रचण्ड, माधवलगायत सर्वोच्चमा, यस्तो छ रिट निवेदन

काठमाडौं । बहुमत हुँदाहुँदै राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वोच्च अदालत गएका छन् ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदको हस्ताक्षरसहित देउवा केहीबेरअगाडि सर्वोच्च पुगेका छन् ।

देउवासँगै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत र राष्ट्रिय जनमोर्चाका सांसदहरू सर्वोच्चमा रिट दिन गएका हुन् ।

उनीहरूले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता गर्ने जनाएका छन्। ।

रिटमा तीन माग छन्?

१. संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज

२. संसद अधिवेशनको मिति तोक्नुपर्ने

३. संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश ।

कमेन्ट गर्नुहोस्