के छ माओवादीको स्थायी समितिले पारित गरेको कोरोना नियन्त्रणको प्रस्तावमा ? (पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले कोरोना नियन्त्रणको लागि नीति, कार्यक्रम र संरचना सम्बन्धी १५ बुँदे प्रस्ताव पारित गरेको गरेको छ ।

माओवादी केन्द्रको जेष्ठ ५ र ६ गते बसेको स्थायी समिति बैठकले कोरोना नियन्त्रणको लागि नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव पारित गरेको गरेको हो ।

याे पनि पढ्नुस  हुम्लामा भारतबाट फर्किएका ९ जनाको रिपोर्ट आयो

सरकारले जनताको स्वास्थ्य सम्बन्धी मौलिक हक रक्षा गर्ने तथा संक्रमण रोक्ने तयारी तत्परता र प्रभावकारीतामा पूर्णत असफल सावित भएको भन्दै बैठकले महामारीको समयमा पार्टीले जनताको जीवनरक्षालाई केन्द्रमा राखेर जनसेवामा समर्पित हुनपर्ने उल्लेख गरेको छ ।

पार्टी पंक्तिलाई जनस्वास्थ्यको मापदण्डहरु बुझाउने, पालना गर्ने, स्वयंसेवक बनाएर संक्रमित एवम् अन्य जनतालाई सेवा गर्ने, आ–आफ्नो तहमा प्रभावकारी संयत्र बनाएर परिस्थितिमाथि हस्तक्षेप गर्ने कार्य गर्नुपर्ने र विपतमा पनि काम गरेर एउटा भरोसायोग्य पार्टी रहेको जनतालाई व्यवहारिक अनुभूत गराउन सक्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

याे पनि पढ्नुस  कोरोना फैलिन नदिन कुकुर बिरोलोलाई घरभित्रै राख्न र नछुन सुझाव

कमेन्ट गर्नुहोस्