७७ वटै जिल्लामा संयुक्त संघर्षमा उत्रिन तरुण दलको सर्कुलर

काठमाडौं । नेपाल तरुण दलले प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिरोधमा उत्रिन मातहतका समितिलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेतले सबै जिल्ला समितिलाई सर्कुलर जारि गर्दै प्रतिनिधि सभा विघटनविरुद्ध रहेका सबै अन्य युवा संगठनहरुसँग संयुक्त मोर्चा बनाउन निर्देशन दिएको हो ।

याे पनि पढ्नुस  ओलीले तीन पटकसम्म प्रतिनिधिसभा विघटन गर्न खोजेको खुलासा

सर्कुलरमा वाइसीएल, समाजवादी युवा संघ, युवा संघ, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय र छलफल गरेर संघर्ष गर्न भनिएको छ।

कमेन्ट गर्नुहोस्