काठमाडौंका दुई बाल मन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंको नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल बाल संगठनअन्तर्गतका यी बाल मन्दिरमा आश्रित बालबालिकामा कोरोना संक्रमण देखिएको बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले जानकारी दिइन् ।

५ वर्ष माथिका बालबालिकाहरु केहीमा सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको न्यौपानेले जानकारी दिइन् । उनका अनुसार नक्सालका संक्रमित बालबालिकालाई आइसोलेसनमा राखिसकिएको छ ।

याे पनि पढ्नुस  काठमाडौं जान परीक्षण गरेका वडाध्यक्षमा कोरोना संक्रमण

यस्तै सिफलका बालबालिकालाई आज साँझसम्म आइसोलेसन सेन्टरमा राखिने र अपाङ्गता भएका बालबालिकालाई भने बागडोलमा रहेको अपाङ्गता आइसोलेसन केन्द्रमा राखिएको अध्यक्ष न्यौपानेले बताइन् ।

यस्तै कोरोना परीक्षण गर्दा नक्साल र सिफलमा कार्यररत १० जना कर्मचारीमा समेत कोरोना पोजिटिभ देखिएको छ । अहिलेसम्म सबैको अवस्था सामान्य रहेको अध्यक्ष न्यौपानेले बताइन् ।

याे पनि पढ्नुस  काठमाडौंमा थप १ कोरोना संक्रमितको मृत्यु

उनले भनिन्, ‘सबैको अवस्था अहिलेसम्म सामान्य देखिएको छ । सामान्य ज्वरो आउने, खोक्ने लक्षण देखिएको छ । संक्रमणको पुष्टि भएको अधिकांश त लक्षण पनि देखिएको छैन ।’

कमेन्ट गर्नुहोस्