पछिल्लो २४ घण्टामा कोरोनाबाट १६९ जनाको निधन, ८६३६ मा संक्रमण पुष्टि

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६९ जनाको निधन भएको छ । यो सँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ६ हजार ७ सय पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३ सय ६ जनाकाे पिसिआर परीक्षण गर्दा ८ हजार ३८७ र ६३० को एन्टिजेन परीक्षण गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

याे पनि पढ्नुस  २४ घण्टामा थपिए ५३४ कोरोना संक्रमित

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । यस्तै ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ । क्वारेन्टाइनमा ९१४ जना रहेका छन् ।

याे पनि पढ्नुस  निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ, २२ वटा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय

कमेन्ट गर्नुहोस्