मलामीबाट फर्केर नुहाउन गएका किशाेरको डुबेर मृत्यु

बैतडीमा मलामीबाट फर्केर नुहाउन गएका एक किशोरको मृत्यु भएको छ।

शिवनाथ गाउँपालिका वडा नम्बर १ सर्मालीस्थित पुण्लगाउँ बस्ने १७ वर्षीय महेश साउंदको मृत्यु भएको हाे।

मंगलबार बिहान साढे ११ बजेको समयमा आफन्तको मलामी गएका उनी माहाकाली नदिको डम्मर घाटमा नुहाउने क्रममा वेपत्ता भएका थिए।

याे पनि पढ्नुस  पिकअपबाट खसेर एक युवाको मृत्यु

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी गर्दा उनी साढे ४ बजे मृत अवस्थामा भेटीएको प्रहरीले जनाएको छ। उनको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्