जसपा विवादः ठाकुरले यादवलाई सोधे ३ दिने स्पष्टीकरण (पत्रसहित)

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग स्पष्टीकरण सोधेका छन् ।

उपेन्द्र यादवले पार्टीको मूल्यमान्यता, नीति तथा विधान विपरित गतिविध गरेको भन्दै पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार स्पष्टीकरण सोधिएको ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै यादवलाई तीन दिनभित्र जवाफ पठउान भनिएको छ ।

याे पनि पढ्नुस  ८ मन्त्रालयसहित सरकारमा जाने जसपा ठाकुर–महतो पक्षको तयारी

मंगलबार राति ७ बुँदे विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा किन र कुन कारणले हस्ताक्षर गर्नुभएको भन्दै अर्का अध्यक्ष यादवसँग स्पष्टीकरण सोधेका छन् ।

‘जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धका उम्मेदवार शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउने प्रस्ताव जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो,’ विज्ञप्तिमा उल्लेख छ ।

याे पनि पढ्नुस  प्रधानमन्त्री र जसपा ठाकुरबीच भेटवार्ता, के भयो कुराकानी?

कमेन्ट गर्नुहोस्