सरकारलाई दिएको समर्थन फिर्ता नलिने एमाले सुदूरपश्चिम संसदीय दलको निर्णय

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

आज बसेको बैठकले उक्त निर्णय गरेको एमाले प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् । उनका अनुसार कोभिड लगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिने र यसबारे सबै दलहरुसँग छलफल गर्ने निर्णय गरिएको हो ।

बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका थिए । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित थिए। ओली पक्षका सांसदहरू रतना थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी अनुपस्थित थिए ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा ओलीलाई ठूलो धक्का, २५ मध्ये १४ जना सांसद एकीकृत समाजवादीमा

नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री रहेको सुदूरपश्चिम प्रदेश सरकारमा नेतृत्व गर्ने एमालेका मन्त्री तथा सांसदहरु भने अधिकांश माधव नेपाल पक्षका रहेका छन् । ५३ सदस्यीय प्रदेशसभा त्यसमा ३९ जना अथवा दुईतिहाइ नेकपाका थिए ।

३९ मा पनि साबिकको एमालेबाट २५ र माओवादी केन्द्रबाट १४ जना रहेकोमा एकजना निलम्बनमा परेका कारण १३ जना रहेका छन् । संसद्मा कांग्रेसका १२ र जनता समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् ।

याे पनि पढ्नुस  झूठ र भ्रमको पत्रकारिता मौलायो– केपी ओली

केपी ओली पक्षमा भने नेकपा एमालेका ६ जना सांसद मात्रै रहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा अहिले नेकपा एमालेबाट आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी छन् । यी तीनै जना एमालेको माधव–झलनाथ निकट हुन् ।

याे पनि पढ्नुस  ओलीले बोलाए एमाले संसदीय दलको बैठक

ओली पक्षको तुलनामा माधव पक्ष तेब्बरको संख्या रहेको कारण उनीहरुले मुख्यमन्त्रीलाई नै समर्थन गरेमा अवस्थामा सरकार सुरक्षित नै हुने देखिन्छ ।

यसअघि बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा माओवादी सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

कमेन्ट गर्नुहोस्