संक्रमणबाट सेनाका जर्नेल केसीको मृत्यु

काठमाडौं । नेपाली सेनाका सहायक रथी (जर्नेल) दिनेशकुमार केसीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

जर्नेल केसीको आज बिहान छाउनीस्थित सैनिक अस्पतालमा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए । उनमा कोरोनासँगै निमोनिया पनि देखिएको थियो ।

नेपाली सेनाको १३ नं. बाहिनी लगनखेलमा कार्यरत जर्नेल केसीको एक सातादेखि भेन्टिलेटरमा राखेर सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।

कमेन्ट गर्नुहोस्