अक्सिजन नपाएर बिहिबार राती पोखरामा ६ सुत्केरीको मृत्यु

पोखरा । अक्सिजनको अभाव भएपछि पोखरामा ६ जना सुत्केरीको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्केरी महिलासहित ६ जनाको मृत्यु भएको हो ।

ृउच्च अक्सिजनमा उपचार गराइरहेको अवस्थामा अस्पतालले अक्सिजन समाप्त भएको बताएपछि आफन्तहरुमा रुवावासी चलेको थियो । उनीहरुले पोखराका बिभिन्न स्थानमा पहल गरेपनि अक्सिजन नपाउँदा प्रियजन गुमाउनु परेको हो ।

याे पनि पढ्नुस  बाँकेमा कोरोनाबाट थप ७ जनाको मृत्यु

अनलाइन खबरमा प्रकाशित समाचार अनुसार, कोभिड–१९ को उपचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चल्यो तर पनि ६ जनाले ज्यान गुमाए ।

तनहुँका ३ जना, म्याग्दी, पर्वत १ र स्याङ्जाका १ जनाको ज्यान गएको हो । अक्सिजन उद्योगले पर्याप्त अक्सिजन सिलिन्डर पठाएको बताउँछ तर सरकारी अस्पतालमै अक्सिजनको अभावले बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भएको हो । हाइफ्लो अक्सिजन नपाएर ज्यान गुमाएका संक्रमितका आफन्तले बेलैमा सचेत गराइदिएको भए आफैं जसरी पनि जोहो गर्ने बताउँछन् ।

याे पनि पढ्नुस  काभ्रेको 'कोरोना हटस्पट' बन्यो बनेपा नगर

कमेन्ट गर्नुहोस्