शपथ लिएलगत्तै निष्काशित भए एमालेबाट मन्त्री बनेका नयाँ र निवर्तमान मन्त्री

धनगढी । सुदुरपश्चिम सरकारले मन्त्रीपरिषद फेरबदल गरेसँगै नेकपा एमालेले तीनजनालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।

नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका एक मन्त्री र दुई निवर्तमान मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।

बिहीबार स्पष्टीकरण सोधिएका संसदीय दलका नेता तथा नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई पार्टीबाट निष्कासन गरिएको हो। आजै शपथ लिएका अन्य मन्त्रीलाइ समेत स्पष्टीकरण साेधेर कारवाही गरिने थापाले बताए ।

याे पनि पढ्नुस  अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतायो (फैसलाको पूर्णपाठसहित)

यसअघि सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका थिए।

प्रदेश प्रमुख गंगाप्रसाद यादवले नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन् भने मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्रीलाई सपथ खुवाएका हुन्।

सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सपथ लिएका हुन्।

याे पनि पढ्नुस  ओली–नेपालबीचको भेटवार्ता सकियो, के भयो सहमति ?

यस्तै चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले राज्यमन्त्रीमा सपथ ग्रहण गरेका हुन्।

नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले भट्ट सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि एमालेको सुदूरपश्चिम संसदीय दलले उक्त निर्णयविरूद्ध सरकारमा थप मन्त्री पठाएको थियो।

कमेन्ट गर्नुहोस्