राष्ट्रपति र प्रधानमन्त्रीका कारण देशले दुष्परिणाम भोग्नुपर्ने बाध्यताः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका छन् ।
कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने भन्दै उनले हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहार तदनुकूल नहुँदा देशले दुष्परिणाम भोग्नु परेको टिप्प्णी गरेका हुन् ।

याे पनि पढ्नुस  माधव नेपालको प्रश्नः कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोशीस भैरहेको त छैन ?

गणतन्त्रण दिवसको अवसरमा शुभकामना दिदै सभापति देउवाले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको बिषय बन्दछ र बन्नुपर्ने बताए

‘राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामीले त्यो भोगी रहेका छौं,’ उनले भने ‘अतः गणतन्त्र दिवसमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न समस्त नेपालीमा अपील गर्दछु।’

याे पनि पढ्नुस  केपी ओली गणतन्त्र पक्षधर कि विरोधी ?

त्यसैगिर कोभीड १९ को संक्रमणबाट जोगिन र अरुलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पुर्ण रुपमा पालना गदै उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । जनताकाे जीवनरक्षा गर्नप्रति सरकार उदासिन तथा संम्मवेदनहीन देखिएकाले सबैमा सर्तकता अपनाउन अाग्रह गरेका हुन ।

कमेन्ट गर्नुहोस्