लोकतन्त्रवादी शक्तिबीच सुदृढ एकताका आवश्यक– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै लोकतान्त्रिक शक्तिबीच एकतामा जोड दिनु भएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामीविरोधी सम्पूर्ण शक्तिहरुबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य भएको बताएका हुन ।

याे पनि पढ्नुस  स्थायी कमिटीमा प्रचण्डले देखाए स्पष्ट बहुमत, ओलीबिनै बैठक शुरू

अध्यक्ष प्रचण्डले गणतन्त्रविरोधीहरुबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको समेत बताए ।

शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले कोरोना महामारीले धेरैको ज्यान गुमाउनुपरेको उल्लेख गर्दै चिकित्सकहरुमाथि भइरहेको आक्रमणको समेत भत्र्सना गरेका छन् । स्वदेशमै उपलब्ध साधनश्रोतको उचित व्यवस्थापन नहुँदा, अस्पतालमा विद्युत आपूर्तिको अभाव लगायतका कारणले ज्यान जाने क्रम बढेको बताउँदै सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।

याे पनि पढ्नुस  पार्टी एकता जोगाउन निर्णायक छलफलका लागि बालुवाटार पुगे प्रचण्ड

कमेन्ट गर्नुहोस्