सुदूरपश्चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई एमालेले सोध्यो स्पष्टीकरण

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई नेकपा एमालेको प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी,अर्चना गहतराज र मना साउदलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिम प्रदेश : एमाले प्रतिपक्ष भएको भन्दै अलग्गै सिटको व्यवस्था गर्न माग

‘स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको र प्रदेश कमिटीले फिर्ता हुन निर्देशन दिइसकेको अवस्थामा मन्त्री र राज्यमन्त्रीको नियुक्ति लिएकाले स्पष्टीकरण सोधिएको हो’, माले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले भने ।

यसअघि सरकारबाट फिर्ता नभएको र स्थायी कमिटीको निर्णयविपरीत निर्णय गरेको भन्दै प्रदेश कमिटीले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गर्दै केन्द्रिय कमिटीलाई पठाइसकेको छ ।

याे पनि पढ्नुस  जनताका आवश्यकता र मागलाई वेवास्था गर्नेलाई कठोर कारवाही गर्ने प्रचण्डको चेतावनी

कमेन्ट गर्नुहोस्