संक्रमितलाई सहयोग गर्न नेपाली जनप्रगतिशिल मञ्च कतारले पठायो १ लाख

काठमाडौं । नेपाली जनप्रगतिशिल मञ्च कतारले कोरोनाविरुद्ध हातेमालो अभियानमा संकलन गरिएको रकम सार्वजनिक गरेको छ ।

संगठनले अन्तर्राष्ट्रिय समन्वय विभाग माओवादी केन्द्रको खातामार्फत आज कार्यलयको बैंक खातामा जम्मा गरि उक्त रकम सार्वजनिक गरेको हो । नेपालमा कोरोना महामारीमा उपचारमा कठिन जीवन बिताइरहेकालाई संगठनले सुचारु गरेको अभियानमा नेपाली एक लाख रुपैयाँ संकलन गरेको छ ।

याे पनि पढ्नुस  माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा गुरुङ चयन

उक्त अभियानबाट सङ्कलन भएको रकम अन्तर्राष्ट्रिय विभाग माओवादी केन्द्रको समन्वयमा केन्द्रिय कार्यलय काठमाडौंमार्फत हस्पिटललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने संगठनका अध्यक्ष रकमध्वज राईले जानकारी दिए ।

संगठनले कतारमा आर्थिक संकलन संयोजक अमित गौतम, सदस्य बुद्धि प्रसाद भण्डारी, अब्दुल खालिद, दिपक भट्टराई, तिलक राम भुसालको सक्रियतामा आफ्ना पदाधिकारी, सदस्यहरूमार्फत सहयोग संकलन गरेको थियो ।

याे पनि पढ्नुस  राजीनामा दिँदै गण्डकी प्रदेशका माओवादी केन्द्रका मन्त्री

अन्तर्राष्ट्रिय विभाग माओवादी केन्द्रले स्वदेशमा परेको स्वास्थ्य कठिनाईलाई मध्य नजर गर्दै एक करोड जम्मा गर्ने निर्णयसहित प्रवासमा रहेका नेपाली जनप्रगतिशिल मञ्चहरुलाई परिपत्र गरेको मञ्चका गल्फ संयोजक शनिकुमार ओलीले बताए ।

कमेन्ट गर्नुहोस्